भावपूर्ण श्रद्धाञ्जली
बागलुङ्ग जिल्ला बागलुङ्ग नगरपालिका वार्ड न.१४ निवासी यस श्री गणेश मा.वि. का पूर्व बिद्यार्थी एवं विद्यालयको विकास तथा उन्नयनका लागि महत्वपूर्ण योगदान पुर्याउनु भएका कर्तब्यनिष्ट, ईमान्दार, सबैका प्यारा, बिद्यार्थीहरु माझ सुपरिचित तथा प्रिय, सहयोगी भावनाका धनि श्री गणेश वि.क. कोभिड-१९ बाट ग्रसित बनि हिजो मिति २०७८ श्रावण २१ गते GMC अस्पताल पोखरा उपचारका क्रममा हुन गएको असामयिक निधनले विद्यालय परिवार अत्यन्त मर्माहत, स्तब्ध, जडवत र भावविह्वल भएको छ। यस दुखद घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै स्व.वि.क. प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै शोकसन्तप्त परिवार, आफन्तजन, तथा इष्टमित्रहरुमा धैर्यधारण गर्ने शक्ति इश्वरले प्रदान गरुन भनि बिद्यालय परिवार गहिरो समबेदना प्रकट गर्दछ।
No comments:
तपाईंको प्रतिकृया