निबन्ध लेखन प्रतियोगितामा प्रथम


शिक्षा बिकास तथा समन्वय इकाई, बागलुङ्गले अन्तराष्ट्रिय साक्षरता दिवासको उपलक्ष्यमा आयोजना गरेको जिल्ला स्तरीय माध्यमिक तह "कोरोना कहर- शिक्षामा बैकल्पिक माध्यम चुनौती र अवसर" बिषयक  निबन्ध लेखन प्रतियोगितामा यस श्री गणेश मा.वि.कक्षा १० मा अध्ययनरत छात्रा मनिसा परियारले प्रथम स्थान हँसिल गर्नुभएको छ।  त्यस्तै आधारभूत तह जिल्ला स्तरीय "सूचना प्रविधि, संचारका साधन र प्रयोग"  बिषयक चित्रकला प्रतियोगितामा कक्षा ८ मा अध्यानरत छात्र   आदेश सुनारले पनि सान्त्वना स्थान हँसिल गर्न  सफल हुनु भएको छ।  


दुबैलाई हार्दिक बधाई तथा अझै क्षमता निखारीदै जाओस्  ।  

 यस स्थान सम्म ल्याई पुर्याउन आफनो ठाउँबाट सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक, अभिभावक  सुभचिन्तकहरुमा बिशेष आभार।  







No comments:

तपाईंको प्रतिकृया