२०७८ कार्तिक ०७ आइतबारदेखि पूर्ण रुपमा विद्यालय खुल्ने


 २०७८ बैशाख ०५ गते देखि Corona Virus को कारण भौतिक रुपमा कक्षा संचालन बन्द भएको कुरा यहाँहरुलाई अवगत नै छ।  विद्यार्थीहरुको शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिँदै विद्यालयले सोही मितिदेखि नै बैकल्पिक मध्यम Online मार्फत पठनपाठन पनि संचालन भयो।  Online मार्फत नै शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा २०७८ जेठमा सम्पन्न गरी नतिजासमेत प्रकाशन गरियो।  

कोभिड-१९ को तीब्र प्रभावका कारण शैक्षिक सत्र २०७८ लाई पनि बैकल्पिक मध्यमबाट नै संचालन गर्नुको विकल्प रहेन। बागलुङ्ग नगरपालिका तथा बा.न.पा.१४ को निर्देशन अनुसार मिति २०७८-०६-१७ देखि विद्यालयले सामाजिक दुरी कायम गरी भौतिक उपस्थितिमा नै आलोपालो गरि शिक्षण सिकाई क्रियाकलाप संचालन गर्दै आइरहेको छ।  

अब विद्यालय पूर्ण रुपमा खोल्नु पर्छ भन्ने अभिभावकहरु तथा सरोकारवालाहरुको माग र कोभिड-१९ को प्रभाव न्यून हुँदै गैरहेको हुँदा विद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ तथा शिक्षक/कर्मचारीको संयुक्त बैठकबाट विद्यालयका शैक्षिक क्रियाकलापहरुलाई भौतिक उपस्थितिमा नै संचालन गर्ने भन्ने निर्णय अनुसार मिति २०७८-०७-०७ आइतबारदेखि विद्यालयका शैक्षिक क्रियाकलापहरु पूर्ण रुपमा भौतिक उपस्थितिमा नै संचालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। 

Routine

No comments:

तपाईंको प्रतिकृया