शैक्षिक सत्र २०७८ सालको पठन पाठन सुरु



शैक्षिक सत्र २०७८ को पठन पठन भौतिक उपस्थितिमा covid-19 का कारण संचालन हुन नसक्ने कुरा यहाँहरु समक्ष प्रष्ट नै छ।  यस्तो अबस्थामा पनि सधै नै शिक्षण क्रियाकलापलाई कसरि हुन्छ विद्यालयले गरि नै रहेको छ।  यस्तै परिस्थितिमा नयाँ बिद्यार्थी भर्ना अभियानलाई पनि अनलाइन मार्फत नै गरि अनलाइन कक्षालाई पनि अझै प्रभावकारी तथा अन्य अतिरिक्त क्रियाकलापलाई पनि अनलाइन बाट नै गर्ने गरि नयाँ योजना सहित शैक्षिक सत्र २०७८ को पठन पठान बैकल्पिक मध्यम (अनलाइन) बाट गर्ने गरि मिति २०७८-०३-०९ गते देखि सुरु भएको सबैमा सहर्ष जानकारी गराउदछौ। साथै सबै कक्षा एउटै समयमा संचालन गर्दा  अभिभावकलाई आउन सक्ने समस्याका कारण सिफ्टवाइज कक्षा संचालन हुने छ।  
अनलाइन कक्षाको रुटिन हेर्नुहोस।
 

No comments:

तपाईंको प्रतिकृया