१३ औं दिनको पुण्यतिथि


 यस बिद्यालयका पुर्व बिद्यार्थी एवम् विद्यालयको बिकास तथा उन्नयनका लागि महत्वपुर्ण योगदान पुर्याउनु भएका शिक्षक श्री गणेश वि.क.को कोभिड-१९ का कारण GMC अस्पतालमा उपचारका क्रममा भएको असामयिक निधनले विद्यालयले अपुरणीय क्षेती पुर्याएको छ।  स्वोर्गीय वि.क. बिद्यालयमा २०६० सालदेखि कार्यरत हुनुहुन्थ्यो।  यस १३ औं दिनको पुण्यतिथि मिति २०७८-०५-०१ मा विद्यालयमा गरिएको श्रद्धान्जली कार्यक्रमा वि.व्य.स. र शिक्षक स्टाफको संयुक्त बैठकबाट उहाँकी छोरी अग्रता वि.क. लाई यस विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्न होस्टेलको सहित पूर्ण छात्रवृतिको निर्णय गर्यो।  साथै वि.व्य.स. सदस्य श्री आनन्द कुमार श्रेष्ठले स्व.वि.क. को छोरीको लागि १२ कक्षा सम्म अध्ययन गर्दा लाग्ने विद्यालय पोशाक दिने घोषणा गर्नु भयो। 


कार्यक्रममा पूर्व प्रधानाध्यापक श्री कृष्ण प्रसाद गौतम र प्रधानाध्यापक श्री एकनाथ रिजाल बोल्नु भएको थियो। सहकर्मीको अकल्पनीय निधनले सार्है मर्माहत मात्र नबनाई विद्यालयको लागि अपुरणीय क्षेती पुगेको बताउनु भयो साथै  यस्ता घटना कसैलाई पनि नपरोस भनि भगवान संग प्रार्थना गर्नु भयो।  त्यस्तै सो कार्यक्रममा बोल्दै अध्यक्ष श्री सुरेन्द्र आचार्यले शिक्षक श्री गणेश वि.क.ले गरेका होस्टेल स्थापना काल  देखि पुर्याउनु भएको योगदानका कहिल्यै बिर्सन नसकिने बताउनु भयो भने कार्यक्रम बिमल गौतम सरले संचालन गर्नुभएको थियो। 







No comments:

तपाईंको प्रतिकृया