बागलुङ्ग बलेवाको नारायणस्थान ठाटिमा रहेको श्री गणेश मा.वि.ले नमूना बिद्यालय बिकासका लागि बिद्यालय सुधार गुरु योजना निर्माणार्थ एक दिने कार्यशाला गोष्टि सम्पन्न गरेको छ। गत २०७७ सालमा शिक्षा तथा मानव विकास केन्द्रले देशभरी बाट नै नमूना बिद्यालय छनौट गरिएका मध्येको एक उत्कृष्ट विद्यालय यस गणेश मा.वि.ले विगत र बर्तमानमा प्रबिधि , गुणस्तरीय शिक्षा, प्रयोगात्मक र जीवनोपयोगी शिक्षामा आफुलाई अग्रणी स्थानमा उभ्याउदै आएको छ। विद्यालय आफैले आयोजना गरेको कार्यशाला गोष्टिमा ई.एण्ड सर्भेर्यस एसोसिएट्स जुपिटर नेपाल काठमान्डौका प्रबन्ध निर्देशक ई. रमेश सुबेदीले विद्यालय सुधार गुरु योजना निर्माण र कार्यान्वनका पक्षहरुको बिषयमा प्रस्ट्याउनु भएको थियो। गोष्टिमा बोल्दै पूर्व स्रोत ब्यक्ति एवम् सल्लाहकार उमानाथ शर्माले ICT को प्रयोग मार्फत विद्यार्थी, शिक्षक र अभिभावक बिचमा सूचना प्रवाहमा जोड दिनु पर्ने बताउनु भयो। त्यसै गरि बा.न.प. १४ क वार्ड अध्यक्ष एवम विद्यालयका सल्लाहकार चक्र बहादुर खत्रीले व्याबहारिक एवम् प्रयोगात्मक शैक्षिक प्रणालीको विकास गर्नुपर्ने बताउनु भयो।
त्यसै गरि कार्यक्रमका प्रमुख अतिथि बा.न.पा. का नगशिक्षा अधिकारी श्री धन प्रसाद पोखरेलले परम्परागत शैली भन्दा आधुनिक प्रबिधिमैत्री र अन्तराष्ट्रिय प्रतिस्पर्धी स्तरको शैक्षिक गुणस्तरको विकास र विध्यार्थीहरुको क्षमता, शिप र बोध शक्तिका आधारमा शैक्षिक विधा वा विकल्पको आवश्यकतालाई पहिचान गरि शिक्षण सिकाइ क्रियाकलापलाई अगाडी बढाउनु पर्ने मा जोड दिनु भयो। परिवर्तनको सुरुवात गणेश मा.वि. बाट मात्रै सम्भव भएकोले आगामी दिनमा नमूना विद्यालयका लागि आवश्यक सम्पूर्ण साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।
वि.व्य.स.अध्यक्ष सुरेन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्र.अ. एकनाथ रिजालले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षक श्री बिमल गौतमले गर्नु भएको थियो।
No comments:
तपाईंको प्रतिकृया